सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए दुई तिहाइ मत – Nepal Press

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए दुई तिहाइ मत

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आजको प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका थिए ।

उनलाई कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ जनाले विश्वासको मत दिएका हुन् ।

आजको बैठकमा ४५ सांसद उपस्थित थिए । शाहको पक्षमा ३६ मत आउँदा विपक्षमा ८ मत परेको थियो । तटस्थमा १ मत परेको थियो ।

सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन् । कांग्रेस, एमाले र नाउपाले पक्षमा मतदान गर्दा नेकपा एकीकृत समाजवादीका ४ र माओवादी केन्द्रका ४ जनाले विपक्षमा मतदान गरेका थिए ।

माओवादीका ६ सांसद उपस्थित भएनन् । स्वतन्त्र १ सांसदले कतै मत दिएनन् ।

मुख्यमन्त्री शाहले विश्वासको मत माग्दै गर्दा ७ जना सांसद उपस्थित भएनन् । उपस्थित नभएका ७ मध्ये ६ जना माओवादी केन्द्रका हुन् । सुदूरपश्चिममा माओवादीका सभामुखसहित ११ सांसद छन्, तर आज बहुमत सांसद संख्या प्रदेशसभा बैठकमा उपस्थित भएनन् ।

माओवादीका खगराज भट्ट, ओमविक्रम भाट, जानकी कुँवर, झपट साउद, रमेश धामी र शिव ओली बैठकमा उपस्थित भएनन् । त्यस्तै राप्रपाकी खेमादेवी विष्ट पनि बैठकमा उपस्थित भइनन् ।

माओवादीले आज विश्वासको मतको विपक्ष मतदान गर्ने जनाए पनि ह्वीप लगाएको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर