नाडा अटो शो भदौ ११ देखि १६ गतेसम्म हुने
काठमाडौं । यस वर्षको ‘नाडा अटो शो २०२४’ भदौ ११ देखि १६ गतेसम्म हुने भएको छ ।
प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा हुने अटो शोमा २४ वटा ब्राण्डका चार पांग्रे, १९ ब्राण्डका दुई पांग्रे र १२ ब्राण्डका हल्का लाइट सवारीसाधन प्रदर्शन गरिने नाडाका अध्यक्ष करण चौधरीले बताए ।
नाडा अटो शोमा लक्ष्मीसनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र माछापुच्छ्रे बैंकले पनि भाग लिनेछन् । बैंक तथा वित्त संस्थाले सवारी खरिद गर्ने ग्राहकहरुलाई सहज फाइनान्सिङको सुविधा दिनेछन् ।
अटो शोमा ९५ प्रदर्शक सहभागी हुने अध्यक्ष चौधरीले जानकारी दिए । उनका अनुसार शोमा १३० वटा स्टलको व्यवस्था गरिनेछ ।