सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता जोशीले लिए शपथ – Nepal Press

सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता जोशीले लिए शपथ

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख नजिर मियाँको उपस्थितिमा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तीसिंह थापा जोशीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख मियाँले जोशीलाई आइतबार मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए ।

धनगढी उपमहानगरपालिका–२ घर भएका जोशी यसअघि पनि मुख्यमन्त्री शाहकै नेतृत्वको सरकारको समयमा ८ महिना मुख्य न्यायाधिवक्ता बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर