नेपालमा दुई दलीय व्यवस्था ल्याउन दिँदैनौं : माधव नेपाल – Nepal Press

नेपालमा दुई दलीय व्यवस्था ल्याउन दिँदैनौं : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा दुई दलीय व्यवस्था ल्याउन नदिने बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा बोल्दै उहाले सवै मिलेर बहुदलीय व्यवस्था ल्याएको भन्दै दुई दलीय व्यवस्था ल्याउन नदिने बताएका हुन् । उनले एमाले–कांग्रेसबीच मध्यरातमा भएको सहमतिप्रति पनि आशंका व्यक्त गरे । कुरा एउटा, काम अर्को गर्दा देश र जनताले दुःख पाएको भन्दै अव त्यस्तो अवस्थामा आउन दिन नहुने उनले बताए ।

त्यस्तै, नेपालले अब शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन ढिलाइ गर्न नहुने बताए । शान्ति प्रक्रियालाई पूर्णता दिन राजनीतिक दलहरुबीच भएको सहमतिले नयाँ इतिहास रच्ने उनले बताए ।

पीडितका समस्यालाई ध्यान दिँदै सिंगो शान्ति प्रक्रियालाई सम्पन्न गर्ने बाटोमा अघि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले यसलाई पूर्णता दिन सम्पूर्ण राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताए ।

त्यस्तै, उनले सङ्क्रमणकालीन न्यायसँग जोडिएका कामलाई सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेकाले त्यसका लागि आफ्नो पार्टी पूर्णप्रतिबद्ध रहेको स्पष्ट पारे ।

 


प्रतिक्रिया

One thought on “नेपालमा दुई दलीय व्यवस्था ल्याउन दिँदैनौं : माधव नेपाल

  1. अर्थ र परिभाषा फेर्ने लठुवा चतुरेहरु !!!
    =========================
    १. जसले काम गर्न नसक्ने संसद (मात्र भत्ता पचाउने र अनेक चलखेललाई प्रस्रय दिने साम्सदहरुको झुण्ड बनेको संसद जसले देश र जनताको पक्ष्यमा काम गर्दा बाटो छेक्ने काम मात्र गर्यो) जनविरोधी त्यो झुण्डलाई जनताले नजिकबाट नियालेका थिए त्येशलाई हटाएर जनताले चाहेको नेतृत्व चुन्न चुनावमा जान्छु भन्ने ओली चाहिँ प्रतिगमनकारी !!
    २. जनताको चुन्न पाउने अधिकार काटेर अदालतलाई राजनीतिमा निर्न्याक बनाउने र उसले तोकेको मान्छे प्रधानमन्त्री बनाउनु पर्ने ‘परमादेस’ माग गर्ने र त्येशमा रमाउने, त्येश्तो अभ्यास गरे बापत गर्ब गर्ने माकुने -. ग्याङ्ग, प्रचण्ड र देउवा चाहिँ अग्रगमनकारी !!
    ३. अकुत भत्ता पचाउने, MCC जस्तो घातक सम्झौता लागु गर्ने र आर्थिक भार थपेर आथिक संकटकाल लगाउने बाहेक यौटा राम्रो काम के गर्यो त्यो यी लठुवा हरुको अग्रगमनले ब्युन्ताएको त्यो संसदले !!
    ४. त्यो त ऐतिहाशिक भुल र देशलाई दुरगामी पिडा दिने कर्म थियो तिनीहरुको !!
    ५. नेपाली जनले उत्ताउलिएर, खालि दिमागका न्याधिस भएर, ओठे सब्दजालमा झुमेर रमाएर हैन दृस्टी पर्दा खोलेर, बिबेकी भएर सोच्ने र ती पात्रहरुलाई हरेक समयमा सम्झी रहनु पर्छ र उपयुक्त अवसरमा उचित दण्ड दिन तयार हुनु पर्छ !!
    ६. मिसन चौराशी : सही रुपमा प्रतिगमनकारी माकान्ग्रेश (प्रचण्ड, देउवा, माकुने) प्रवृति मुक्त देश !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर