बोत्स्वानाका स्वर्ण विजेतालाई आर्थिक सहयोग गर्न सरकारले अपिल गरेपछि नागरिक आक्रोशित – Nepal Press

बोत्स्वानाका स्वर्ण विजेतालाई आर्थिक सहयोग गर्न सरकारले अपिल गरेपछि नागरिक आक्रोशित

काठमाडौं । अफ्रिकी देश बोत्स्वानामा ओलम्पिकबाट स्वर्ण पदक जित्ने खेलाडीलाई सहयोग गर्न सरकारले आग्रह गरेपछि नागरिक आक्रोशित भएका छन् ।

सरकारले सहयोगको अपिल सोमबार गरेको बेलायती च्यानल बीबीसीले उल्लेख गरेको छ । लेत्सिले तेबोगो नामका धावक २०० मिटर दौडमा स्वर्ण ल्याएर देश मात्र होइन महादेशकै प्रथम खेलाडी भए ।

आफूले तिरेको करबाटै आर्थिक सहयोग गर्न नागरिकले आग्रह गरेका छन् । कतिपयले भने मन्त्री तथा प्रधानमन्त्रीले आफ्नो तलब दिएर उदाहरण दिन आग्रह गरेको बीबीसीले लेखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर