नेपाल टेलिकमको नाफा साढे ६ अर्ब बढी – Nepal Press

नेपाल टेलिकमको नाफा साढे ६ अर्ब बढी

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को नाफामा गिरावट आएको छ । एनटीसीले गत आर्थिक वर्ष (२०८०/८१) ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

टेलिकमको नाफा अघिल्लो वर्ष यस अवधिको तुलनामा १६. ४४ प्रतिशतले कम हो । अघिल्लो वर्ष यसले ७ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको थियो । गत आवमा कर अघिको मुनाफा ११ अर्ब ३७ करोड ९८ लाख ४ हजार रहेको छ ।

अघिल्लो आवमा (२०७९/८०) कर अघिको मुनाफा ११ अर्ब ८४ करोड २५लाख ६२ हजार रहेको थियो । यस आधारमामा गत आवमा कर अघिको मुनाफामा ३.९१ प्रतिशत ले कमी हो ।

कुल सञ्चालन आय ३४ अर्ब ४६ करोड ११ लाख ३५ हजार पुगेको छ । अघिल्लो आव यस्तो आय ३६ अर्ब २७ करोड १४ लाख ५० हजार रुपैयाँ थियो । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ ।

अघिल्लो वर्ष ४४ रुपैयाँ रहेको यसको प्रतिसेयर आम्दानी अहिले घटेर ३६ रुपैयाँ ७७ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५५२ रुपैयाँ ४३ पैसा रहेको छ ।

ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवाको तथा अन्तरआवद्धता आयमा १ अर्ब ४३ करोड ८४ लाख ४८ हजारले कमी भएको छ । साथै ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको कम्पनीले जनाएको छ ।

राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको छ ।

कम्पनीले जिएसएम अनुमति पत्रको तेस्रो नवीकरण शुल्क २०अर्बको भुक्तानीको लागि स्रोत व्यवस्थापन गर्न २०८०पौष देखि लगानी गर्न नसकेको तथा सो सम्बन्धी भुक्तानीको निर्णय २०८१ वैशाखमा भएपश्चात् केहि बैंकमा रहेका मुद्दती निक्षेपहरूलाई परिपक्व अवधिभन्दा अगाडी फुकुवा गरी भुक्तानी गरेको छ ।

साथै बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब १ अर्ब २९ करोड७३ लाख रुपैयाँले कमी भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर