स्थायी कमिटीमा प्रचण्डले जवाफ दिनुअघि माओवादी पदाधिकारी बैठक – Nepal Press

स्थायी कमिटीमा प्रचण्डले जवाफ दिनुअघि माओवादी पदाधिकारी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ।

पार्टी स्थायी कमिटी बैठकमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिनुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीसँग छलफल गरेका हुन्।

पदाधिकारी बैठकपछि बस्ने स्थायी कमिटीमा शुक्रबार बसेको बैठकमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिनेछन्। बैठकमा नेतृत्वको विकल्प खोज्नुपर्नेमा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले खुलेरै जोड दिएका छन्।

विचार संश्लेषण, पार्टी निर्माण लगायत विषयमा नेताहरूले आफ्ना धारणा राखेका छन्। यो बैठकपछि भदौ पहिलो साता केन्द्रीय कमिटी बैठक बसेर पार्टी निर्माणमा जुट्ने माओवादीको तयारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर