प्रचण्डको प्रष्टीकरण- जनार्दन शर्माले पार्टी फुटाउँदैछ भनेर चलाइएको हल्ला निराधार (भिडिओ) – Nepal Press

प्रचण्डको प्रष्टीकरण- जनार्दन शर्माले पार्टी फुटाउँदैछ भनेर चलाइएको हल्ला निराधार (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँदैछ भनेर चलाएको हल्लामा कुनै सत्यता नभएको बताएका छन्।

स्थायी कमिटीको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी फुट्दैछ भनेर चलाइएको हल्ला निराधार भएको बताए।

उनले भने, ‘पार्टी फुट्ने भन्ने चर्चा गलत र निराधार हो। पार्टी फुट्छ भनेर प्रचार धेरै भयो। कतिपय सन्दर्भमा आशंका र भ्रम पनि भए तर यो बैठकसम्म आइपुग्दा सबै भ्रम चिरिएका छन्। कमरेड प्रभाकरले पार्टी फुटाउँछ भनेर माहोल बनेको छ त्यो विल्कुल गलत हो।’

उनले यो बैठकपछि पार्टी एकताबद्ध भएर अघि बढेको सुनाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर