बैंकिङ कसुरमा उद्योग वाणिज्य संघका पूर्व सदस्य पक्राउ – Nepal Press

बैंकिङ कसुरमा उद्योग वाणिज्य संघका पूर्व सदस्य पक्राउ

रुपन्देही ।दाङ जिल्ला उद्योग बाणिज्य संघका पूर्व सदस्य छबिनारायण गिरिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालतबाट बैंक कसुरमा पक्राउ पुर्जी जारी भएपछि गिरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी रामबहादुर तिमिल्सेनाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनलाई गएराति घरबाट पक्राउ गरेको हो । उनीविरुद्ध बैंक कसुरमा मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर