केन्द्रको सिको गरेर पदका नामका कार्यक्रम फेर्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीसँग रोजगार जस्ता ठूला पदका नामका कार्यक्रमको नाम परिवर्तन गर्न निर्देशन दिएका छन् ।
सबै मन्त्रालयको वार्षिक प्रगति समीक्षा, चालू आर्थिक वर्षको बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य कामबारे बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको प्रस्तुतिपछि सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘जनतासँग रोजगार जस्ता नाम राख्ने, केन्द्रको सिको गरेर मुख्यमन्त्रीसँग फलानो कार्यक्रम भनेर आएका छन्, त्यो उपयुुक्त होइन । नयाँपन पनि भएन ।’ उनले युवा र खेलप्रेमीलाई उत्साह दिन कीर्तिपुर रंगशाला स्तरोन्नतिका लागि सम्पूर्ण समय दिएर काम गर्न, पुजीगत खर्च शत प्रतिशत गर्न तथा बेरुजु नहुने गरी काम गर्न निर्देशन दिएका छन् ।
प्रधामन्त्री ओलीले थप निर्देशन दिँदै भने, ‘दसौं राष्ट्रिय खेलकुदलाई भव्य र प्रभावकारी बनाउनका लागि के के गर्नुपर्नेछ आवश्यक प्रस्ताव ल्याउनुस् । खाद्यान्नमा आत्मनिर्भर हुने र बजारमा स्वस्थ्य खाना उपलब्ध हुने वातावरण बनाउनुस् । कृषि उपजलाई निर्यात गर्न सक्ने आधार तय गर्नुस् । कानून मात्रै धेरै बनाइयो भनेर हुन्न । गरिबलाई कानून मात्रै दिएर के काम ? कानुन खान दिदैन । त्यसैले विकासको लक्ष्यलाई केन्द्रमा राख्नुस्, साधनलाई होइन ।’
“केन्द्रको सिको गरेर पदका नामका कार्यक्रम फेर्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन”
कस्तो शीर्षक हो यो?
नेपाल प्रेस आजकाल धेरै नै हतार गरिरा हुन्छ । पुग्ने कहाँ हो? छाप्नुअघि तीनपटक हेर्नू ।