गठ्ठाघर दुर्घटना : ट्रक चालक पक्राउ, मृतक पुरुष भएको प्रहरीको पुष्टि – Nepal Press

गठ्ठाघर दुर्घटना : ट्रक चालक पक्राउ, मृतक पुरुष भएको प्रहरीको पुष्टि

सीसीटीभीमा यस्ताे देखियाे हुलिया

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक मृत्यु भएकोमा ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

ट्रक चालक सर्लाही मलंगवा नगरपालिका २ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिएका छन् ।

त्यस्तै, स्कुटी चालक अन्दाजी २०–२५ वर्षीय पुरुष भएको पनि कार्कीले बताए । यसअघि महिला भनिएकोमा उक्त सनाखत गलत भएको थियो । प्रहरीले सीसीटीभी फुटेज हेर्दा पुरुषले बा. ४९ प ८९४४ नम्बरको स्कुटर चलाएकाे देखिएकाे छ । यसैकाे आधारमा मृतक पुरुष भएकाे प्रहरीले पुष्टि गरेकाे हाे ।

यद्यपी मृतकको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

त्यस्तै, स्थानीयको भीडलाई नियन्त्रणमा लिन २२ राउण्ड अश्रुग्यास पनि प्रहार गरिएको कार्कीले जनाएका छन् ।

बिहीबार दिउँसो पौने २ बजेतिर मालबाहक ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको चक्कामुनि परेर स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो ।

ट्राफिकले स्कुटरलाई चेकजाँच गर्दै गर्दा तीव्र गतिमा आएको ट्रकले घिसारेको बताइएको छ ।

ना. ६ ख २१७३ नम्बरको मालबहाक ट्रकले बा. ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि ट्रक चालक फरार रहेको प्रहरीले बताएको छ ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर