सबैको सहमतिमै संविधान संशोधन गर्नुपर्छ : शेखर (भिडिओ) – Nepal Press

सबैको सहमतिमै संविधान संशोधन गर्नुपर्छ : शेखर (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वसहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार मोरङको बुढीगंगा गाँउपालिका-७ डंग्राहामा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कांग्रेस-एमालेको करिब दुई तिहाइ बहुमत रहेपनि सबैको सहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताए ।

संविधान संशोधनका लागि जनमत संग्रह जस्तो जटिल प्रक्रियामा जानुको सट्टा संसदीय विशेष समिति वा आयोग बनाएर गर्न सकिने उनको तर्क छ । कोइरालाले दुई दलमात्रै मिलेर संविधान संशोधन गर्न खोजे अवस्था झन् जटिल हुने उल्लेख गरे ।

भ्रष्टाचार छानबिनमा हदम्याद तोक्न नहुने र अख्तियारलाई बढी शक्तिशाली बनाउने नाममा निजी क्षेत्रको क्षेत्राधिकार दिन नहुने उनको जिकिर छ ।

नोना कोइराला स्मृति प्रतिष्ठान र केएचडीसी नेपालले प्राविधिक सहयोगमा बूढीगंगा गाँउपालिकाले मिर्गौला, मुटु तथा मधुमेह सम्बन्धी निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । नेता कोइरालाले बिरामी जाँच गर्दै निशुल्क स्वास्थ्य शिविरको शुभारम्भ समेत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर