केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि नेकपा एसले बोलायो पहिलो बैठक
नेपाल प्रेस
२०८१ साउन ३२ गते १४:००
काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । भदौ ९ देखि ११ गतेसम्म बस्ने गरी बैठक राखिएको महासचिव घनश्याम भुसालले बताए ।
बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको शपथ, केन्द्रीय संरचनाहरूको निर्माणसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए ।
केन्द्रीय कमिटीले पूर्णता पाएपछि पहिलो पटक पूर्ण बैठक बस्न लागेको हो ।
दुई महिनाअघि भएको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी मात्रै घोषणा गरेको थियो ।
एक महिनापछि केन्द्रीय कमिटीलाई पूर्णता दिए पनि अझै १८ जना पदाधिकारी छान्न बाँकी छ ।
प्रतिक्रिया
सम्बन्धित खवर