सोलुखुम्बुको खुम्बु पासाङल्हामुमा बाढी, हिम ताल फुटेको आशंका (भिडिओ)
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ । गाउँपालिकाकाले हिम ताल फुटेकोले बाढी आएको आशंका गरेको छ ।
बाढीले थामे गाउँमा ठूलो क्षति भएको भन्दै दुधकोशी तटीय क्षेत्रकालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रमुख जिल्ला अधिकरी देवी पाण्डेले भोटेकोशी साइड थामेमा ठूलो बाढी आएको बताइन् । उनले हिम पहिरो हो या ताल फुटेको हो भन्ने विषयमा भने बुझ्ने काम भइरहेको नेपाल प्रेसलाई जानकारी दिइन् । बाढी आएकाले धेरै घर जोखिममा परेको छ ।
‘त्यो क्षेत्रमा केही दिनयता पानी परिरहेको थियो । पानी परेपनि यसरी गाउँ नै डुबाउने गरी बाढी आउने खाले पानी नपरेकाले हिम पहिरो या ताल फुटेको अनुमान छ’, पाण्डैले भनिन् ।