गाईजात्राको दिन बागमती प्रदेशभर सार्वजनिक बिदा
नेपाल प्रेस
२०८१ साउन ३२ गते १९:४४
हेटौंडा । बागमती प्रदेश सरकारले गाईजात्राको दिन भदौ ४ गते बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले गाईजात्राको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
बागमतीमा सरकारी कामकाजको भाषासम्बन्धी ऐन लागू भएपछि नेपालभाषी समुदायको पर्वको रूपमा गाईजात्राको दिन बिदा दिने निर्णय गरिएको उनले बताए ।
यसैगरी मन्त्रिपरिषद्ले मन्त्री लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ ।
मन्त्री लामिछानेका अनुसार मन्त्रालयको अस्थायी दरबन्दीलाई स्वीकृत गर्ने निर्णय पनि भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर