कोटिहोमस्थलमा मध्यरात चर्काे भाषणबाजी, विजय कृष्णमुर्तिको भड्काउ अभिव्यक्ति – Nepal Press

कोटिहोमस्थलमा मध्यरात चर्काे भाषणबाजी, विजय कृष्णमुर्तिको भड्काउ अभिव्यक्ति

धार्मिकस्थलमा घुसेर प्रहरीले बल प्रयोग गरेको भण्डारीका समर्थकको दाबी

काठमाडौं । प्रहरीले हस्तक्षेप गरेको विरोधमा पशुपति कोटिहोमस्थलमा मध्यरातसम्म चर्काे भाषणबाजी भइरहेको छ । कोटिहोम आयोजक विजय भण्डारीका समर्थकले सरकार र प्रहरीलाई लल्कारेका छन् ।

भण्डारीलाई पक्राउ गर्न आएको प्रहरी उनका समर्थकको अवरोधपछि रित्तो हात फर्किएको थियो । प्रहरीमाथि भण्डारीका समर्थकले हातपात समेत गरेका छन् । प्रहरीले पनि सामान्य बल प्रयोग गर्दा केही घाइते भएको जनाइएको छ ।

प्रहरी फर्केपछि समर्थकहरूले भाषण गरिरहेका छन् । धार्मिक क्षेत्रमा घुसेर प्रहरीले हातपात गरेको उनीहरूको आरोप छ । सम्पूर्ण हिन्दुहरू एक हुन आह्वान गरिएको छ ।

त्यसअघि भण्डारी स्वयम्ले भड्काउ अभिव्यक्ति दिएका थिए । उनले शपशुपति मन्दिर अब रणभूमि हुने र देशको अवस्था बंगलादेशजस्तो बनाइदिने चेतावनी दिए ।

प्रहरीले भण्डारीलाई रातारात पक्राउ गर्न खोज्नुको कारण खुलेको छैन । कोटिहोमको अन्तिम रात प्रहरीले यसरी हस्तक्षेप गरेको हो ।

याे पनि पढ्नुस्: धर्मभित्र ‘धन्दा’ चलाइरहेका महाराज !

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर