फागुन २४ को भाषण सम्झिँदै प्रचण्डले भने–ओलीको बोली र देउवाको लोली षडयन्त्रको संकेत थियो (भिडिओ) – Nepal Press

फागुन २४ को भाषण सम्झिँदै प्रचण्डले भने–ओलीको बोली र देउवाको लोली षडयन्त्रको संकेत थियो (भिडिओ)

‘एमालेका नेताले माथि मन्चबाट हाम्रो बोलचाल बन्द भयो खुलाउनुपर्यो भन्नु र तलबाट कांग्रेस सभापतिले हुन्छ भनेर टाउको हल्लाएकै क्षणबाट मविरुद्ध षडयन्त्रको संकेत पाएको थिएँ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले गठबन्धन फेरेर एमालेको समर्थनमा विश्वासको मत लिने क्रममै कांग्रेस र एमालेका शीर्ष नेताको भावभंगीले आफूविरुद्ध षड्यन्त्र हुन्छ भन्ने संकेत पाएको खुलासा गरेका छन् ।

पोष्टवहादुर बोगटी स्मृति दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको रोष्टमबाट बोलेको र देउवाले तलबाट टाउको हल्लाएको स्मरण गर्दै त्यहि दिनबाट आफूविरुद्ध ठूलै षडयन्त्रको गन्ध पाएको बताए ।

प्रचण्डले भने– मैले गठबन्धन फेर एमालेको समर्थनमा सरकार बनाएपछि पहिलोपटक विश्वासको मत लिने क्रममा एमाले नेताले बोल्दै गर्दा हाम्रो बोलचाल बन्द भयो,बोलचाल फर्काउनुपरो भनेर वर्तमान प्रधानमन्त्रीले मन्चबाट भनेको र तलबाट कांग्रेस सभापतिले टाउको हल्लाएर अब खोल्ने हो भनेको । त्यो बडो प्रतिकात्मक थियो,मैले बुझिहालेँ । मानिसहरुले त्यसलाई कम ध्यान दिए तर त्यो बुझेर मैले उहाँहरुलाई तपाईहरु मिल्नुस् हामी प्रतिपक्षमा बस्छौं भनेकै हो । माथिबाट बोलचाल बन्द भयो भन्नु र तलबाट हुन्छ हुन्छ भनेको । त्यहि दिनबाट षडयन्त्र हुन्छ भन्ने देखिएको थियो ।

गत फागुन २४ गते तत्कालीन प्रधानमन्त्री प्रचण्डले एमालेको समर्थनमा सरकार बनाएपछि विश्वासको मत लिने क्रममा ओलीले रोष्टमबाट कांग्रेस सभापति देउवा आफूसँग भेट्न र बोल्न समेत डराएको भन्दै बसौं छलफल गरौं भनेका थिए ।

त्यसक्रममा देउवाले तलबाट टाउको हल्लाएर समर्थन जनाउँदै हुन्छ अब बोल्ने भनेका थिए । त्यसप्रति प्रचण्डले आज आएर कटाक्ष गरेका हुन् ।अध्यक्ष प्रचण्डले आफ्नो सरकारको भ्रष्टाचार विरोधी अभियानबाट डराएर र कारवाहीमा परिन्छ भनेर कांग्रेस एमाले मिलेको आरोप समेत लगाए ।


प्रतिक्रिया

2 thoughts on “फागुन २४ को भाषण सम्झिँदै प्रचण्डले भने–ओलीको बोली र देउवाको लोली षडयन्त्रको संकेत थियो (भिडिओ)

  1. किन यसको रोदन भनेको? यो ३२ सिटेलाई प्रधानमन्त्री पद दिनै हुने थिएन । बल्ल एमाले र कांग्रेसको बुद्धि फिर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर