प्रचण्डलाई जनार्दनले सोधे- मलाई देउवा र केपीको मात्रै बनाइयो, तपाईंको कहिले हुन पाउँछु ? (भिडिओ) – Nepal Press

प्रचण्डलाई जनार्दनले सोधे- मलाई देउवा र केपीको मात्रै बनाइयो, तपाईंको कहिले हुन पाउँछु ? (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्रबाटै आफूले विभिन्न आरोप खेपिराख्न परिरहेको गुनासो गरेका छन् ।

नेकपा माओवादी काठमाडौं-रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै शर्माले अध्यक्ष प्रचण्डमाथि प्रश्न गरे ।

‘एमालेसँग एकता गर भन्नुभयो केपी ओलीको मान्छे भएँ, कांग्रेससँग सहकार्यको लागि वार्ता गर भन्नुभयो, म कांग्रेसको भए, माओवादीको हुने ठाउँ छ कि छैन अध्यक्ष कमरेड म ? म माओवादीको कहिले हुन्छु होला’, प्रचण्डलाई प्रश्न गर्दै उनले भने, ‘हुन पाउनुपर्‍यो नि ! ४८ वर्ष भइसक्यो पार्टीमा लाग्या, माओवादी हुन पाउनुपर्दैन म ? प्रचण्डको कहिले हुन्छु होला म ? देउवाको केपीको मात्रै हुने भए, तपाईंको म हुन पाउनु पर्दैन ? त्यसकारण तथ्य छाडेर भ्रम सिर्जना गरेर केही हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर