उच्च अदालत बार एशोसिएशन पाटन : कार्यसमिति निर्वाचनमा एमाले-माओवादी प्यानल नै विजयी – Nepal Press

उच्च अदालत बार एशोसिएशन पाटन : कार्यसमिति निर्वाचनमा एमाले-माओवादी प्यानल नै विजयी

 

काठमाडौं । उच्च अदालत बार एशोसिएशन पाटन कार्यसमितिको निर्वाचनमा एमाले-माओवादीको प्यानल नै निर्वाचित भएको छ ।

अध्यक्षमा विदुर प्रसाद ढुंगाना ११४० मतका साथ विजयी भएका छन् । गोपाल श्रेष्ठले ४९० मत पाए ।

यस्तै उपाध्यक्षमा ११४२ मतका साथ विष्णु ऋषि कोइराला विजयी भएका छन् । दुर्गा प्रसाद चिमरियाले ४४० मत पाएका छन् ।

सचिवमा प्रबल शर्मा ११५१ मतका साथ विजयी हुँदा देवी प्रसाद रिजालले ४३० मत पाएका छन् ।

सहसचिवमा शुसिला चौधरी ११४३ मतका साथ विजयी भए । एशोदा कुमारी पाण्डेको ४३२ मत आयो ।

कोषाध्यक्षमा भुपाल बस्नेत ११४५ मतका साथ विजयी भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर