युवालाई खुकुरी हानेको अभियोगमा चक्रे मिलन समूहमा आबद्ध वडाध्यक्ष पक्राउ – Nepal Press

युवालाई खुकुरी हानेको अभियोगमा चक्रे मिलन समूहमा आबद्ध वडाध्यक्ष पक्राउ

दाङ । बाँकेको राप्ती सोनारी गाउँपालिकाका-२ का वडा अध्यक्ष ज्ञानेन्द्र वली ‘ज्ञानु’ पक्राउ परेका छन् ।

बाकेको विनौनाका युवा सन्दीप विष्ट र सुलभ मल्ललाई गएराति खुकुरी प्रहार गरेको अभियोगमा एमालेबाट निर्वाचित वडाध्यक्ष वली पक्राउ परेका हुन् ।

बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की अनुसार घाइतेलाई उपचारकालागि भारतको लखनउ लगिएको छ । उनीहरूको अवस्था गम्भीर छ ।

सामान्य विवादमा वडा अध्यक्ष वलीसहित नारायण डाँगी, नवीन, लोके, ऋषि देवकोटालगायत करिब एक दर्जन युवा समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष वलीलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।

वडा अध्यक्ष वली गुन्डा नाइके चक्रे मिलन समूहमा आबद्ध रहेको बाँके प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर