बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त
नेपाल प्रेस
२०८१ भदौ २ गते १३:४१
काठमाडौं । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् ।
काफ्लेलाई संविधानको धारा १६० को उपधार २ अनुसार मुख्यमन्त्री बहादुरसिंह लामाले नियुक्तिका लागि सिफारिस गरेका थिए ।
२५ वर्षदेखि निरन्तर कानून व्यवसायीका रूपमा कार्यरत उहाँले यसअघि पूर्वकानून तथा न्यायमन्त्री भीमबहादुर तामाङ र पूर्वमहिला तथा समाजकल्याणमन्त्री लीला कोइरालाको सल्लाहकार भएरसमेत काम गरिसकेका छन् । नेपाल बार एशोसिएसनको सदस्य रहेका काफ्लेसँग नेपाल बार एशोसिएसन र काठमाडौँ जिल्ला बारका विभिन्न समितिमा रहेर काम गरेको अनुभव छ ।
उनी दोलखाको तामाकोशी गाउँपालिका-३ निवासी हुन् ।
प्रतिक्रिया