एआईको दुरुपयोग गरी चरित्र हत्या भइरहेको भन्दै साइबर ब्युरोले गरायाे सजग
नेपाल प्रेस
२०८१ भदौ २ गते १३:४७
काठमाडौं । नेपाल ब्युरोको साइबर ब्युरोले आर्टिफिसियल इन्टलिजेन्स (एआई) को दुरुपयोग गरी फोटो भिडियोमार्फत चरित्र हत्या गर्ने क्रम बढेको भन्दै त्यसो नगर्न आग्रह गरेको छ ।
उजुरी परे कारबाही हुने भन्दै कानूनी झन्झटमा नपर्न सचेत गराएको छ ।
केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलको एआईबाट बनाइएको भिडियो भाइरल भएको थियो ।
यस्तै केही समय अघि राजनीतिक दलका शीर्ष नेताहरुले गित गाएको जसरी भिडियो बनाइएको थियो ।
प्रतिक्रिया