बानेश्वरमा भ्वाङ पर्‍यो सडक – Nepal Press

बानेश्वरमा भ्वाङ पर्‍यो सडक

काठमाडौं । बानेश्वरमा सडक भ्वाङ परेको छ । बानेश्वर चोकबाट शंखमुल जाने बाटोमा सय मिटर पर बानेश्वर मल अगाडि सडकको बीचमा भ्वाङ परेको हो ।

अहिले त्यहाँ भ्वाङ टाल्न काठमाडौं महानगरको डोजर ल्याइएको छ ।

यसअघि दरबारमार्गबाट कमलादीतर्फ आउने सडकमा टुकुचा खोला छोपेर बनाइएको सडकमा पनि भ्वाङ परेको थियो ।

पछिल्लो समय सडक भासिने र भ्वाङ पर्ने क्रम बढेपछि यात्रामा जोखिम बढेको छ ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर