कोशीले प्रादेशिक सडक सञ्जाल गुरुयोजना बनाउने – Nepal Press

कोशीले प्रादेशिक सडक सञ्जाल गुरुयोजना बनाउने

विराटनगर । कोशी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजनाको तयारी थालेको छ । सडकको पहिचान गरी वर्गीकरण गर्ने र त्यसका आधारमा प्राथमिकीकरण गरेर सडक सञ्जाल बनाउने तयारी गरिएको हो ।

कोशीमा प्रादेशिक लोकमार्ग, सहायक लोकमार्ग, प्रादेशिक सडक र अन्य सडक गरेर करिब ६ हजार किलोमिटरको सडक सञ्जालको गुरुयोजना बनाउन लागिएको हो । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार गुरुयोजना बनाउने छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नीति मजबुत बनाएर सडक सञ्जाल बनाउन जोड दिए ।

उनले सङ्घ र प्रदेश सरकारको आन्तरिक स्रोत खुम्चिँदै गएको अवस्थामा स्रोतलाई समेत मध्यनजर गरेर सडक सञ्जालको गुरुयोजना बनाउनुपर्ने बताए ।

प्राथमिकतालाई निर्धारण गरेरमात्रै सडक बनाउनुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले आफ्नै निर्वाचन क्षेत्रमा मात्रै सडक बनाउन प्राथमिकता दिने परिपाटीलाई गुरुयोजनाले अन्त्य गर्ने बताए ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव अशोककुमार साहले अहिले करिब १० हजार किलोमिटर सडक पहिचान गरिएको भए पनि ६ हजार किलोमिटर सडकको मात्र प्राथमिकीकरणको आधारमा गुरुयोजना बनाइने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *