रक्षाबन्धन तथा जनैपूर्णिमाले सामाजिक सद्भाव अभिवृद्धि गराउँछ : अध्यक्ष यादव
नेपाल प्रेस
२०८१ भदौ ३ गते ६:४३
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले रक्षाबन्धन तथा जनैपूर्णिमा पर्वले सामाजिक सद्भाव, एकता र भातृत्व विकासको अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।
पर्वका अवसरमा अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उनले हिन्दू धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक पर्व जनैपूर्णिमाले आपसी सद्भाव र भाइतारा अभिवृद्धिमा मद्दत पुग्ने बताए ।
“आरोग्य, शान्ति र सुरक्षाको प्रतीकका रुपमा मनाइने यस पर्वले हामीबीच सामाजिक सद्भाव, एकता र भातृत्व विकासको अभिवृद्धि हुने विश्वास लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर