बजेटको तयारीमा सुदूरपश्चिम सरकार, मुख्यमन्त्रीले सुनाए चार वटा मापदण्ड – Nepal Press

बजेटको तयारीमा सुदूरपश्चिम सरकार, मुख्यमन्त्रीले सुनाए चार वटा मापदण्ड

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बजेट निर्माणमा नयाँ नीति लिने भएका छन् ।

आज मुख्यमन्त्री तथा मुख्यमन्त्री परिषद्को कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री शाहले बजेट निर्माणका ४ वटा आधार तय गरेको जानकारी गराएका हुन् ।

मुख्यमन्त्री शाहले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले २५ लाख भन्दामाथि सिलिङ कायम गरी बजेट विनियोजन गर्ने जनाएको छ ।

आवश्यकता र औचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्ययोजनासहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने भएको छ ।

त्यस्तै प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने जनाएको छ ।

साथै प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत गरिने आधार तय भएको मुख्यमन्त्री शाहले बताए ।

असार १ गते प्रदेश सरकारले ल्याएको बजेट पारित नभएपछि अहिले प्रदेशमा बजेट शून्यताको अवस्था सृजना भएको छ । सरकारले नयाँ बजेट ल्याउँदा चार वटा मापदण्ड तयार गर्ने जनाएको छ ।

यस अघि बिचौलियाहरूले बजेट प्रभावित गरेको आरोप झेलिरहेका बेला मुख्यमन्त्री शाहले २५ लाख भन्दामाथि सिलिङ कायम गरी बजेट बनाउन निर्देशन दिएसँगै केही सुधार हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर