विश्व फोटो पत्रकारिता दिवस : पाटनमा हिमालका तस्बिरहरु प्रदर्शन (भिडिओ) – Nepal Press

विश्व फोटो पत्रकारिता दिवस : पाटनमा हिमालका तस्बिरहरु प्रदर्शन (भिडिओ)

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूहले नेपालमा अवस्थित हिमालका तस्बिरहरु प्रदर्शन गरेको छ ।

सोमबार ललितपुरको पाटन दरबार स्क्वायरमा समूहको २७ वर्ष पुगेको अवसरमा आजदेखि फोटो प्रदर्शनी आयोजना गरेको हो । फोटो पत्रकार समूहले हरेक वर्ष विश्व फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी लगायत विविध कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।

फोटो प्रदर्शनी भने तीन वर्षअघिबाट मात्रै शुरु गरेको र त्यसकै निरन्तरता स्वरुप प्रदर्शनीको आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले बताए ।

उनले जलवायु परिवर्तनले विश्वमा पारेको प्रभावसँगै हिमालहरुमा परेको अवसरको जानकारी दिने उद्देश्यले प्रदर्शनी गरिएको बताए ।

उनले फोटो प्रदर्शनीमा ४० फोटो पत्रकाहरुले खिचेका ५५ वटा हिमालका फोटाहरु राखिएको बताए । अध्यक्ष पन्तले विगतको तुलनामा अहिले फोटा खिच्नको लागि पत्रकारहरुलाई सहज अवस्था नभएको बताए ।

उनले पछिल्लो समय फोटो पत्रकारहरुको पेशालाई पनि आर्टिफिसियल इन्टिेलिजेन्स (एआई) ले चुनौति दिइरहेको बताए । उनले एआई,मोबाइल फोटो ग्राफिक्सको कारणले व्यवसायिक फोटो पत्रकारितालाई असर पारेको देखिएको बताए ।

अध्यक्ष पन्तले फोटो पत्रकारिता व्यवसायको क्षमता विकास गरी नेपालका ऐतिहासिक फोटोहरुको माध्यमबाट विश्वलाई चिनाउँदै फोटोमार्फत पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताए । ऐतिहासिक तस्बिरहरुले राष्ट्रको पहिचान बढाउने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर