राष्ट्रपति र प्रधानमन्त्रीद्वारा रक्षाबन्धन ग्रहण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुसार नवयज्ञोपवित जनै एवम् रक्षाबन्धन ग्रहण गरेका छन् ।
राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट निर्धारित साइतअनुसार वैदिक विधिअनुसार रक्षाबन्धन ग्रहण गरेको सचिवालयले जनाएको छ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि रक्षाबन्धन ग्रहण गरे ।
ओलीले जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषि तर्पणीका अवसरमा आज दिउँसो ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका राजदिदीहरुबाट रक्षाबन्धन ग्रहण गरे । प्रधानमन्त्री निवास बालुवाटारमा परिवारजनका अन्य सदस्यहरुले पनि रक्षाबन्धन ग्रहण गरेको सचिवालयले जनाएको छ ।