नवलकिशोरको नेतृत्वमा आजपाको ७५ सदस्यीय सर्लाही जिल्ला कमिटी घोषणा (सूचीसहित) – Nepal Press

नवलकिशोरको नेतृत्वमा आजपाको ७५ सदस्यीय सर्लाही जिल्ला कमिटी घोषणा (सूचीसहित)

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीको सर्लाही जिल्ला भेलाले डा. नवलकिशोर साहको नेतृत्वमा जिल्ला कमिटीको घोषणा गरेको छ ।

दोस्रो जिल्ला भेलाले साहको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको पार्टी प्रवक्ता चन्द्रभूषण साहले बताए ।

उनका अनुसार उपाध्यक्षमा सुनिल गुप्ता, प्रमोदकुमार साह, दिलीप कर्ण, कोशिलादेवी साह, सचिवमा डा. शैलेन्द्र यादव, सहसचिवमा जलन्धर साह, शशि अधिकारी, अधिवक्ता कौशलकिशोर साह र कोषाध्यक्षमा विवेक यादव रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर