सिन्धुपाल्चोकको तिपेनीमा सुख्खा पहिरो, पाँचपोखरी प्राथमिक अस्पताल उच्च जोखिममा
काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका- ७ तिपेनीमा सुख्खा पहिरो खसेको छ ।
पहिरोले पाँचपोखरी प्राथमिक अस्पताल उच्च जोखिममा रहेको छ । खोला थुनिएर तिपेनी बजार, हाइड्रोपावर, मेलम्ची बजारलगायत नदी तटीय क्षेत्र जोखिममा परेको छ ।
जिल्ला प्रशासन कार्यालयले पहिरो खसेपछि खोलामा बाढी आउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन सचेत गरेको छ ।
प्रशासनले सूचनामा भनेको छ, ‘पाँचपोखरी थाङपाल गाउँपालिका ७, ८, मेलम्ची नगरपालिका ७, ९, ११, १२, १३, इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटीय क्षेत्रमा बस्ने स्थानीय वासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिन्छ ।’
जोखिममा रहेको अस्पतालको सामग्री सार्ने तयारी भइरहेको प्रशासन कार्यालयले जनाएको छ ।