अमेरिकाबाट आएर अरुणिमा लम्सालले गरिन् विवाह – Nepal Press

अमेरिकाबाट आएर अरुणिमा लम्सालले गरिन् विवाह

काठमाडौं । अभिनेत्री अरुणिमा लम्साल विवाह बन्धनमा बाँधिएकी छन् । उनले धरान चतरा घर भएका युवराज श्रेष्ठसँग आज लगनगाँठो कसेकी हुन् ।

बत्तीसपुतलीको राम मन्दिरमा सानो वैवाहिक समारोह आयोजना गरिएको थियो । उनको विवाहबारे थोरै व्यक्तिमात्र जानकार थिए ।

अमेरिकामा बस्दै आएकी अरुणिमा करिब एक महिना अगाडि नेपाल आएकी हुन् । नेपाल आएर उनी परिवारसँग घुमघाम गरिरहेकी थिइन् । विवाहपश्चात फेरि अमेरिका फर्किनेछिन् ।

अरुणिमाको यो दोस्रो विवाह हो । यसअघि उनको विराटनगरका अमित अर्यालसँग प्रेम विवाह भएको थियो । विवाहको ६ वर्षपछि पहिलो सन्तानका रुपमा अरुणिमाले छोरी जन्माएकी थिइन् ।

सन्तान प्राप्तिसँगै उनीहरु अमेरिका पलायन भए । अमेरिका गएको केही समयमा उनीहरुबीच सम्बन्ध विच्छेदको खबर बाहिरिएको थियो ।

तस्विर : सामाजिक सञ्जाल


प्रतिक्रिया

2 thoughts on “अमेरिकाबाट आएर अरुणिमा लम्सालले गरिन् विवाह

  1. अब पहिलो छोरीले बाउ चाहिँ कसलाई भन्नेछिन?
    एउटा जीवनमा कति वटा विवाह गर्छन् अचेलका महिला ?
    यस्तो कुसंस्कारले समाजलाई कता लैजान्छ?😡😡

  2. अनी यि काङेसी नेतालाई नि यिनले अम्रिका नै लाने त होला नि ? अनी फेरी उहिहाल!! तर शुभकामना छ् दोश्रो त्यस्तो नहोस ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर