जर्मनीका कप्तान गुन्डोगनद्वारा संन्यासको घोषणा
नेपाल प्रेस
२०८१ भदौ ४ गते १०:५५
हेटौंडा । जर्मनीको राष्ट्रिय फुटबल टिमका कप्तान तथा मिडफिल्डर इल्के गुन्डोगनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।
३३ वर्षीय गुन्डोगनले धेरै खेलहरूका कारण आफूले मानसिक र शारीरिक रूपमा पनि अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिने निष्कर्षमा पुगेको बताएका छन् ।
जर्मनीका लागि ८२ खेल खेलेका गुन्डोगन हाल बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलिरहेका छन् ।
उनले जर्मनीका लागि १९ गोल गरेका छन् । उनले युरो २०२४ मा जर्मनीको कप्तानको भूमिका निर्वाह गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर