बिरालोको मासु पकाएर बेच्ने एक बंगलादेशी माल्दिभ्समा पक्राउ – Nepal Press

बिरालोको मासु पकाएर बेच्ने एक बंगलादेशी माल्दिभ्समा पक्राउ

काठमाडौँ । बिरालोको मासु पकाउने तथा बिक्री गर्ने एक बंगलादेशी नागरिक माल्दिभ्समा पक्राउ परेका छन् । माल्दिभ्सको समाचार पोर्टल अटोल टाइम्सका अनुसार ३२ वर्षका आराफाट हुसेन पक्राउ परेका हुन् ।

राजधानी मालेका विभिन्न भागहरुबाट संकलन गरिएका बिरालो काटेर मासु बनाउँदै बिक्री गरेको आरोपमा उनी पक्राउ परेका हुन् । सैलुनमा भेटिएका आराफाटलाई प्रहरीले मंगलबार बिहान स्थानिय समय अनुसार साढे दश बजे पक्राउ गरेको हो ।

आराफाट माल्दिभ्समा गैरकानुनी रुपमा बसेको पनि पाइएको आप्रवासनका नियन्त्रक महोमद सम्मानले बताएका छन् । मालेको मेरिब्राउन रेष्टुरेन्ट पछाडी बिरालो पक्राउ गर्दै गरेको अवस्थामा आराफाटलाई कसैले भिडिओमा कैद गरेका थिए ।

त्यसपछि उनी माल्दिभ्सको सामाजिक संजालमा भाइरल पनि भएका थिए । आराफाटको आफ्नै कोठामा बर्गर बनाएर बेत्दै आएका थिए । उनको कोटा नजिकै बिरालोको चिच्याहट सुनेको धेरैले बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर