हेटौंडामा मोबाइल चोरेर प्रहरीबाट फुत्कन ‘पत्रकार हुँ’ भनेपछि… – Nepal Press

हेटौंडामा मोबाइल चोरेर प्रहरीबाट फुत्कन ‘पत्रकार हुँ’ भनेपछि…

हेटौंडा । मकवानपुरको हेटौंडामा एकजना मोबाइल चोरले आफूलाई पत्रकार रहेको बताउँदै उम्कन खोजेको पाइएको छ ।

हेटौंडा–११ का प्रदीप पौडेल नामका ति व्यक्तिले हेटौंडा उपमहानगरपालिकामा कार्यरत कर्मचारी विना थिङको मोबाईल चोरेर पक्राउ परेपछि उम्कनको लागि आफुलाई मकवानपुरको सकृय पत्रकार रहेको बताए । मोबाइल चोरिको घटना बाहिरिएपछि उनले मकवानपुर सन्देश नामक पत्रीकामा कार्यरत पत्रकार रहेको भन्दै घटनाबाट बच्ने उपाय गरेपछि घटना बाहिरिएको हो ।

हाल मकवानपुर प्रहरी हिरासतमा रहेका पौडेलले प्रहरीलाई समेत आफू पत्रकार रहेको दाबी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले नेपाल प्रेसलाई बताए । उनले भने, ‘घटना एक वर्ष बढी समयको रहेछ, हामीले अनुसन्धान गरेर पक्राउ गरेका छौं, चोरिको घटनाको हदम्याद सकिएकोले कस्तो किसिमको कारवाही अघि बढाउन सकिन्छ भन्ने विषयमा बुधबार सरकारी वकिल सङ्गको छलफल पछि टुङ्गो लगाउने योजनामा छौँ ।’

चोरिको घटनामा पक्राउ परेकोलाई जुनसुकै पेशा व्यवसायमा रहेपनि कानुन बमोजिमको प्रक्रिया अघि बढाईने भण्डारीको भनाई छ ।

यता नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले मोबाईल चोरी गर्ने, फोन गर्ने, दुख दिने थर्काउने प्रहरिलाई समेत ‘म पत्रकार हुँ’ भन्दै जनाउने व्यक्तिलाई हदैसम्मको कारबाहीको माग गरेका छ्न । भ्रमणको क्रममा युरोप रहेका गौतमले सामजिक संजाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ति व्यक्तिलाई कारवाहिको माग गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर