कैलालीमा भारी वर्षा : साना ठुला नदीमा बहाव बढ्दै, उच्च सतर्कता अपनाउन अपिल – Nepal Press

कैलालीमा भारी वर्षा : साना ठुला नदीमा बहाव बढ्दै, उच्च सतर्कता अपनाउन अपिल

कैलाली । कैलाली अधिकांश स्थानहरूमा पछिल्लो ६ घण्टादेखि भारी वर्षा भइरहेको छ। यहाँका साना ठुला नदीमा पानीको बहाव बढिरहेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले पानी परिरहेको हुँदा तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू–भागमा उच्च सतर्कता अपनान भनिसकेको जानकारी दिए ।

उनका अनुसार कैलालीका सबै नदीमा पानीको बहाव वार्निङ लेबल नजिक पुगेको छ ।

खुटिया नदीमा वार्निङ लेबल ४ मिटर हुँदा बिहान ६ बजेसम्मको अवस्थामा २.८६ पुगिसकेको छ । कर्णाली चिसापानीमा पानीको सतह ८.०५ पुगेको छ भने मोहनामा २.६ मिटर पुगेको छ । कर्णालीमा वार्निङ लेबल १० र मोहनामा ३ रहेको छ ।

सबैभन्दा धेरै पानीको बहाव कन्द्रा नदीमा बढिरहेको छ । यहाँ वार्निङ लेबल ४.५ हुँदा पानीको तह ४.४३ मिटर पुगिसकेको छ । नदीमामा पानीको सतह बढ्दै गइरहेको छ । जसका कारण कैलालीका दक्षिण क्षेत्र डुबानको खतरामा परेका छन् ।

‘अहिले पनि पानी रोकिएको छैन । नदी बढिरहेको छ । अझै बढ्दै जाँदा नदी तटीय क्षेत्र, डुबान भइरहने होचा भू–भागमा नदी पस्न सक्छ’ सूचना अधिकारी जोशीले भने ‘ती क्षेत्रहरूमा अहिलेबाटै हामीले सुरक्षित रहन भनिसकेका छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर