जसपा नेपालले बनायो अभियान उद्घाटन तयारी समिति, कुनमा को ? – Nepal Press

जसपा नेपालले बनायो अभियान उद्घाटन तयारी समिति, कुनमा को ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान उद्घाटन तयारी समिति बनाएको छ । बालकुमारीमा बसेको बागमती प्रदेशस्तरीय विस्तारित बैठकबाट जसपा नेपालले भदौ ९ गते हुने अभियानको उद्घाटनका लागि विभिन्न समिति गठन गरेको नेता पूर्ण बस्नेतले बताए ।

उनकाअनुसार जीवन लामाको संयोजकत्वमा पहिचानमा आधारित राष्ट्रिय समितिका पदाधिकारी एवम् बागमती प्रदेशअन्तर्गतका १३ वटै जिल्ला अध्यक्ष रहने गरी अभियान उद्घाटन मूल आयोजक समिति गठन गरिएको हो ।

त्यस्तै पार्टीका केन्द्रीय सदस्य ज्ञानबहादुर लामाको संयोजकत्वमा पार्टीका जिल्ला अध्यक्षहरू रहने गरी आर्थिक समिति गठन भएको छ ।

साथै ओमकृष्ण श्रेष्ठको संयोजकत्वमा व्यवस्थापन समिति र राज लामा शेर्पाको संयोजकत्वमा प्रचार प्रसार समिति गठन भएको छ ।

विस्तारित बैठकले पार्टी केन्द्रीय सदस्य एवम् बागमती प्रदेश समितिको सह इन्चार्ज सुनी लामालाई पार्टी केन्द्रसँग समन्वय गर्ने जिम्मेवारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर