उपप्रधानमन्त्री सिंह भन्छन्- उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पहल भइरहेको छ (भिडिओ)
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पहल भइरहेको बताएका छन् ।
बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारसंगको छलफलका क्रममा स्थानीय तहसँग आवश्यक समन्वय गर्दै उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पहल भइरहेको बताएका हुन् ।
उनले करिडोर नजिकको बस्तीमा डुवानको समस्या समाधानका लागि पनि सम्बन्धीत निकायसँग छलफल भइरहको जानकारी दिए । सरकारले अहिले नीति निर्माणमा बढी जोड दिइरहेको उहाले बताए ।
सिंहले मन्त्रालयले गरेका कुराहरुलाई तथ्यका आधारमा समाचार सम्प्रेषण गर्न आग्रह गरे । आफुले मन्त्रालय सम्हालेपछि सबै निकायसंगको छलफलका आधारका कामहरुलाइ अघि बढाइएको उनले बताए ।
त्यस्तै, उनले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्ने गरि बन्दोवस्ती मिलाउन लागिएको पनि जानकारी दिए । उपप्रधानमन्त्री सिंहले उनले यसअघि सरकार अस्थिर हुँदा प्रक्रियामा ढिलाई भएको भन्दै अहिले संसदकै दुई ठूला दल मिलेर सरकार बनेकाले नयाँ शहरहरुलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने प्रक्रियाले अब गति लिने बताए ।