मातहतका निकायलाई मन्त्री पाण्डेको निर्देशन- कुन फायल कहाँ अड्किएका छन् २४ घण्टाभित्र छिनोफोनो गर्नुस् – Nepal Press

मातहतका निकायलाई मन्त्री पाण्डेको निर्देशन- कुन फायल कहाँ अड्किएका छन् २४ घण्टाभित्र छिनोफोनो गर्नुस्

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन् । बुधबार संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक छलफल कार्यक्रममा उक्त निर्देशन दिएका हुन् ।

मन्त्री पाण्डेले भने, ‘मन्त्रालयमा कुन फायल कहाँ अड्किएको छ त्यसको २४ घण्टा भित्र छिनोफोनो गर्नुहोला ।’

असोज महिनाभित्र प्रत्येक निकायले कार्य प्रगति विवरण पेश गर्न कर्मचारीलाई निर्देशन दिए । उनले भने, ‘त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमहरुको बारेमा अनिवार्य रुपमा जानकारी गराउनुहोला ।’

‘असोज महिना आउनु अघि नै योजना कार्यान्वयनका लागि केके गर्छाैं ? गर्न सक्ने कार्यक्रमहरु के के हुन् ? गर्न नसक्ने काम के के हुन ? यस सन्दर्भमा अनिवार्य रुपमा गृहकार्य गर्दै अघि बढ्नु’, मन्त्री पाण्डेले भने ।

मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण गरि सोही अनुसार दिएर अघि बढ्न समेत निर्देशन दिए । त्यस्तै, उनले नीतिगत सुधारका लागि समेत मन्त्रालयले चुस्त शैलीमा काम गर्दै अघि बढ्नु पर्ने बताए ।

उनले कर्मचारीले इमान्दारी पूर्वध व्यवसायिक धर्म निर्वाह नगर्दा काममा ढिलो हुने बताउँदै, मन्त्री, कर्मचारीले नुनको सोझो गर्दै अनिवार्य रुपमा नतीजा दिने गरी काम गर्न आग्रह गरे । त्यसैगरी, उनले कानून निर्माणमा भइरहेको प्रति इंगित गर्दै उहाँले तीन दिन भित्र अन्तरमन्त्रालयका काम समेत सम्पन्न हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आश्वास्त पारेको बताए ।

साथै मन्त्री पाण्डेले गर्नु पर्ने कामको प्राथमिकीकरण, नीतिको सूचिकरण,काुनन निर्माणको प्राथमिकताका साथै संरचनागत रुपमा कहाँ कहाँ त्रुटी छ ? त्यसबारेमा संवेदशील भएर ऋघि बढ्न समेत आग्रह गरे ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर