धितोपत्र बोर्डको अध्यक्ष चाँडै नियुक्ति हुन्छ: अर्थमन्त्री (भिडिओ) – Nepal Press

धितोपत्र बोर्डको अध्यक्ष चाँडै नियुक्ति हुन्छ: अर्थमन्त्री (भिडिओ)

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष चाँडै नियुक्ति हुने बताएका छन् ।

बुधवार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पानं) ले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले धितोपत्र बोर्ड अब लामो समय नेतृत्व बिहीनको अवस्थामा नरहने बताएका हुन् ।

उनले बोर्डमा लामो समयदेखि अध्यक्ष नहुँदा धेरै काम रोकिएको भन्दै सरकारले बोर्डको नेतृत्व चाँडै ल्याउने उल्लेख गरे । उनले धितोपत्र बोर्ड लामो समय नेतृत्व बिहीनहुँदा अनेक प्रकारका समस्या थपिने र फाइलहरु रोकिएको धारणा राखे ।

उनले बोर्डमा उत्पन्न भएका समस्याको समधान विधिसंवत शिघ्र समाधान गर्ने पक्षमा सरकार रहेको जानकारी दिए । अर्थमन्त्री पौडेलले जलविद्युतमा विदेशी लगानीमा समय–समयमा सिर्जना हुने समस्यालाई सरकारले सम्बोधन गर्ने बताए ।

उनले भने,‘जलविद्युतमा विदेशी लगानीमा समय–समयमा समस्या सिर्जना हुने गरेको छ । त्यसलाई सरकारले सम्बोधन गर्छ । ऊर्जा क्षेत्रमा विदेशी लगानीका लागि अनकुल परिस्थिति निर्माण गर्नुपर्छ । सरकारी र विद्युत प्राधिकरणले निर्माण गर्ने आयोजनाहरुमा विदेशी लगानी तुलनात्मक रुपले उल्लेखिय मात्रामा हुने गरेको छ । अब निजी क्षेत्रका आयोजनाहरुमा पनि विदेशी लगानीका लागि अनकुल परिस्थिति निर्माण गर्नुपर्ने मलाई लाग्छ । त्यस हिसावले सरकारले सोचिरहेको छ । मुलुकले लोडसेडिङ खेपीरहेको अवस्थामा लगानीको निश्चित हिस्सा ऊर्जा उत्पादनमा लगाउनु पर्ने सोच थियो । अहिले पनि जलविद्युत लगानीको महत्वपूर्ण क्षेत्र हो । यसलाई नियन्त्रण गर्नुहुँदैन । विद्युत विधेयकका विषयमा त्रुटी रहित विधेयक बनाउने पक्षमा छ । धितोपत्र बोर्ड लामो समयदेखि नेतृत्व बिहीन अवस्थामा छ । यो नेतृत्व बिहीन अवस्था लामो समयसम्म रहिरहन हुँदैन । यसले अनेक प्रकारका समस्या थपिएका छन् । फाइलहरु रोकिएको छ । यो समस्याको समधान विधिसंवत शिघ्र समाधान गर्ने पक्षमा सरकार छ ।’

उनले विद्युत विधेयकलाई सरकारले व्यवसायीमैत्री र त्रुटिरहित बनाउने पक्षमा रहेको बताए। उनले ऊर्जा व्यवसायीहरुलाई जलविद्युत क्षेत्रमा समस्या छन् भनेर नथाक्न पनि आग्रह गरे ।

अर्थमन्त्री पौडेलले जलविद्युतका समस्या समाधानको लागि सरकार र निजी क्षेत्र एउटै टेवलमा बसेर छलफलमा जानुपर्ने बताए । उनले मुलुकमा ऊर्जाको आन्तरिक खपत बढाएर जान सके मात्रै जीवनस्तर माथि उठाउन सकिने उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *