माओवादीमा युवराजको सुझाव- पार्टीमा समस्या देखिए, लयमा फर्काउन सामूहिक प्रयास गरौं
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज चौलागाईंले पार्टीमा देखिएको समस्या सामूहिक रुपमा हल गर्नुपर्ने सुझाव दिएका छन् । बागमती प्रदेशस्तरीय परामर्श समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा पार्टीलाई संगठनात्मक रुपले उकास्न नसकेको बताए ।
उनले भने, ‘हामीले संगठनात्मक स्थितिलाई उकास्न सकेनौं । हामीले चुनाव जित्ने कुरालाई मात्रै प्राथमिकता राखेका छौं । पार्टीले जनप्रतिनिधिहरुलाई कसरी चलाउने भन्ने विचार गर्न सकेका छौं । त्यो गरेपछि हाम्रो तत्कालको समस्या हल हुन्छ ।’
उनले प्रचण्ड व्यक्ति मात्रै नभएर संस्थाकै रुपमा विकास भइसकेको बताए । उनले थपे, ‘तर उहाँ हुँदाहुँदै देखा परेका समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा सबैले ध्यान दिनुपर्छ । सबैले सामूहिक रुपमा हल गरौं ।’
बैठकमा आज ४० जना नेताहरुले आफ्नोे धारणा राखेको बताए ।