मकवानपुरमा भैँसीको आक्रमणमा बाघको मृत्यु – Nepal Press

मकवानपुरमा भैँसीको आक्रमणमा बाघको मृत्यु

हेटौँडा । मकवानपुरको मनहरिमा भैँसीको आक्रमणले बाघको ज्यान गएको छ ।

मनहरि गाउँपालिका वडा नम्बर ६ प्रतापपुरका स्थानीय बलबहादुर राईको गोठमा भैंसीलाई आक्रमण गर्दा बाघ आफै आक्रमणमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राईको गोठमा भैँसी घाइते फेला परेको थियो भने बाघ मृत अवस्थामा भेटिएको थियो ।

बाघ बूढो भएको कारण भैंसीको आक्रमण मृत्यु भएको देखिएको प्रहरीको भनाई छ । मृत्यु भएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलिले लगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर