अभिनेता विपिन कार्कीलाई मातृशोक – Nepal Press

अभिनेता विपिन कार्कीलाई मातृशोक

काठमाडौं । अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । कार्कीकी आमा सरस्वती कार्कीको बिहीबार बिहान पाटन अस्पतालमा निधन भएको हो ।

फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएपछि केही दिनदेखि भेनिटलेटरमा राखेर उपचार भइरहेको थियो ।

कर्कीकी दिवंगत आमाको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

कार्की आमा बिरामी भएपछि सुटिङ छाडेर काठमाडौं आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर