टीआरसी ऐन कार्यान्वयनमा दबाब दिन लुम्बिनीका द्वन्द्वपीडितले बनाए समिति – Nepal Press

टीआरसी ऐन कार्यान्वयनमा दबाब दिन लुम्बिनीका द्वन्द्वपीडितले बनाए समिति

रुपन्देही। टीआरसी ऐन कार्यान्वयनमा ल्याउन २७ सदस्यीय पीडित परिचालन संयोजन समिति लुम्बिनी प्रदेश गठन गरिएको छ ।

द्वन्द्व पीडितहरूको सहभागितालाई सुनिश्चित गर्न दबाब दिने उद्देश्यले दाङको लमहीमा आयोजना गरिएको भेलाले रुपन्देहीका सञ्जयकुमार गुप्ताको संयोजकत्वमा समिति गठन गरेको हो ।

भेलाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन विधेयक पीडितहरूको माग बमोजिम प्रतिनिधिसभाबाट पारित भएकोमा ऐतिहासिक उपलब्धि मान्दै स्वागतसमेत गरेको छ । भेलाले तल्लो तहका द्वन्द्व पीडितहरूले उठाउँदै आएका पीडित केन्द्रित मुद्दा सम्बोधन गर्न समेत ध्यानाकर्षण गराएको छ ।

समितिको संयोजकमा सञ्जयकुमार गुप्ता रुपन्देही, सदस्यहरूमा लक्ष्मी खड्का बर्दिया, देविसरा खत्री, निर्मला थापा, कृष्ण बिजिरे, देविसरा खत्री, सिता डीसी पाल्पा, हेमनाथ पोखरेल, यस्तै उषा सुवेदी दाङ, प्रकाश जाधरी, देवबहादुर डिसी बाँके, रनसुर बुढा र मडी थापा रहेका छन् ।

यस्तै सदस्यहरूमा धनकुमारी थारु रुपन्देही, थम्मनबहादुर पुन र मुन्ना खाँ नवलपरासी, विशाल खड्का अर्घाखाँची, हेमन्त वेल्वासे, कविता विक, तिलक महत, देउकला घर्ती, श्रीकुमार रोका, टिका रानामगर रहेका छन् । बाँकी सदस्य पछि मनोनीत गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर