दुई युवाले क्याम्पसमा पड्काए सुतली बम, भाग्ने क्रममा पक्राउ – Nepal Press

दुई युवाले क्याम्पसमा पड्काए सुतली बम, भाग्ने क्रममा पक्राउ

रमाइलोका लागि पड्काएको बयान

रूपन्देही । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुईजना पक्राउ परेका छन् । चर्को आवाजमा बम पड्किएको र पड्काएर भाग्न खोज्ने दुईजना पक्राउ परेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए ।

‘मोटरसाइकलमा आएका दुईजनामध्ये एकजनाले बम फालेर भाग्दै गर्दा पक्राउ परेका छन् । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको छ’, सुवेदीले भने ।

जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डीएसपी रामप्रसाद तिमल्सिनाले मोटरसाइकलमा आएका दुईजना व्यक्तिले क्याम्पसमा सुतली बम जस्तो देखिने विस्फोटक वस्तु पड्काएर भाग्दै गर्दा उनीहरूलाई पक्राउ गरेको बताए ।

डीएसपी तिमल्सिनाका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१५ का प्लस टु पढिसकेका अभियान थापा र सोही क्याम्पसमा अध्ययनरत सुदन कार्की रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागि पटका पड्काएको बताएका छन् ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुईजनामध्ये अभियान थापाले महेन्द्र बहुमुखी क्याम्पस अगाडि सडकमा बम फालेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर