देवेन्द्र गौतम पत्रकारिता पुरस्कार एवं प्रशंसा घोषणा – Nepal Press

देवेन्द्र गौतम पत्रकारिता पुरस्कार एवं प्रशंसा घोषणा

काठमाडौं । वरिष्ठ पत्रकार देवेन्द्र गौतमको स्मृतिमा करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिले स्थापना गरेको ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ यसवर्ष वरिष्ठ पत्रकार, दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

स्व. गौतमको दोस्रो स्मृृति दिवस असोज २ गते (सेप्टेम्बर १८) का अवसरमा यो पुरस्कारका साथै दुई प्रतिष्ठित ब्यक्तित्व – गेहेन्द्रमान अमात्य र रघु घिमिरेलाई प्रशंसापत्र प्रदान गरिने सेन्टरकी अध्यक्ष प्रदिपा गौतमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पुरस्कृत हुने वरिष्ठ श्रेष्ठ विगत पाँच दशकदेखि निरन्तर लोकतान्त्रिक मूल्य मान्यतामा आस्था राखी पत्रकारिता क्षेत्रमा सक्रिय छन् । तत्कालीन पञ्चायती निरंकुश सत्ताबाट नेपालपोष्टको प्रकाशनमा रोक लगाउँदा श्रेष्ठले आफ्नो नाममा दर्ता भएको ‘मायालु’ नेपालपोष्टका सम्पादक प्रकाशकलाई सहयोग स्वरुप प्रकाशन गर्न दिएका थिए । नेपालपोष्टको सहयोगसाथ प्रकाशन भएको मायालुको पनि प्रकाशनमा रोक लगाइएको थियो ।

गेहेन्द्रमान अमात्य नेपाली छापा प्रकाशनको इतिहासमा बिर्सन नसकिने व्यक्तित्व रहेको सेन्टरले जनाएको छ। एनले सरकारी सेवा सूचना विभागमा सेवारत भएर पनि निजी तवरमा पत्रपत्रिकामा छापिने तस्विरका जिंकब्लक बनाएर उपलब्ध गराएका थिए ।

उनकोबाट क्रान्तिकारी नेता रामराजा प्रसाद सिंहको ब्लक ल्याएर देवेन्द्र गौतमले पत्रिकामा छाप्दा प्रहरीले उनको कारखानामा पनि छापा मारेको थियो । सरकारी कर्मचारी भएकाले उनलाई प्रहरी कारवाहीबाट जोगाउन उनका छोराले गिरफ्तारी दिएर हिरासतमा बसेका थिए ।

यस्तै रघु घिमिरेले करेन्ट प्रकाशनहरुका लागि शहर वा ग्रामीण क्षेत्रका सर्वसाधारणका विषयदेखि महत्वपूर्ण घटनाहरुको रिपोर्टिङ उपलब्ध गराएको उल्लेख छ । देवेन्द्र गौतम पत्रकारिता पुरस्कारको राशीएक लाख छ भने प्रशंसापत्रका साथ जनही पचास हजार रुपियाँ रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर