मोहन बस्नेतको चेतावनी- सिन्धुपाल्चोकका ढुंगाखानी चलाउन खोज्ने सबैको ‘लाइफ ड्यामेज’ गर्दिन्छु (भिडिओ) – Nepal Press

मोहन बस्नेतको चेतावनी- सिन्धुपाल्चोकका ढुंगाखानी चलाउन खोज्ने सबैको ‘लाइफ ड्यामेज’ गर्दिन्छु (भिडिओ)

'म २ नम्बरको मात्र नभएर जिल्लाभरको सांसद हुँ, मेरो जति बजेट ल्याउने हुती भए ल्याएर देखाउनुस्'

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वस्वास्थमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा सञ्चालनमा रहेको ढुंगाखानी सबै अवैध रहेको भन्दै कसैले सञ्चालन गर्न खोजे त्यसको ‘लाइफ ड्यामेज’ बनाइदिने चेतावनी दिएका छन् ।

जिल्ला समन्वय समितिको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै बस्नेतले जुगल गाउँपालिकालगायत विभिन्न ठाउँमा अहिले पनि अवैध ढुंगा खानी रहेको दाबी गरे । त्यसले गर्दा विपत्तिका घटना भएकोले कुनै पनि निकायले अबदेखि यस्ता खानी सञ्चालन गरे लाइफ ड्यामेज बनाइदिने चेतावनी दिएका हुन् ।

उनले प्रहरी प्रशासन, जनप्रतिनिधि र कर्मचारीले ढुंगाखानी सञ्चालनमा सहयोग गरे सबैको लाइफ ड्यामेज हुने गरेर आफू अगाडि बढ्ने बताए ।

केही समयअगाडि जुगल गाउँपालिकाबाट २२ ट्रिप अवैध ढुंगा आउँदा सिन्धुपाल्चोक प्रहरीले मिलेमतोमा छाडेको र आफूले काभ्रे प्रहरीलाई भनेर नियन्त्रणमा लिन लगाएको बस्नेतको भनाइ छ ।

ढुंगा खानी सञ्चालन गर्न दिन केही जनप्रतिनिधि र नेताहरू समेत लागेको उनको आरोप थियो । ढुंगा खानीबारे खरो बोलेका बस्नेत सिन्धुपाल्चोकका अवैध क्रसरबारे भने मौन देखिए ।

आफू स्वास्थ्यमन्त्री हुँदा पहिलो पटक ३९ वटा स्वास्थय चौकी बनाउनका लागि बजेट निकासा गरेको उनले सुनए ।

‘अर्थमन्त्रालयले बजेट सील गरिसकेको थियो तर मैले हंगामा गरेर त्यति धेरै बजेट पठाउन सफल भएँ’, बस्नेतले भने ।

सिन्धुपाल्चोकमा आफूबाहेक अरु कुनै पनि जनप्रतिनिधिले ठूलो आकारको बजेट ल्याउन नसकेको उनले दाबी गरे ।

‘मेरो जति बजेट ल्याउने ल्याकत कसैको देखिएन, म २ नम्बरको मात्रै होइन जिल्लाभरको सांसद हुँ, मेरो जतिको बजेट ल्याउने हुती भए ल्याएर देखाउनुस् ।’


प्रतिक्रिया

4 thoughts on “मोहन बस्नेतको चेतावनी- सिन्धुपाल्चोकका ढुंगाखानी चलाउन खोज्ने सबैको ‘लाइफ ड्यामेज’ गर्दिन्छु (भिडिओ)

  1. यो ठिक कुरा भनेछन् बस्नेतले। तस्करहरुले जथाभावी उत्खनन गरेर पर्यावरण ध्वस्त पार्दैछन!

  2. यस्तो कुरा गर्नेलाई सिधै जेलमा कोच्नु पर्दैन ? लाईफ ड्यामेज भनेको मारिदिन्छु भनेको होईन ? साँसद भएर यस्तो भन्ने ? यो त गुण्डाको बोली होईन ? अवैध क्रसरको मालिक नै यहि हुनसक्छ ।

  3. ढुङ्गा व्यवसायीको लाईफ ड्यामेज गरेपनि व्यवसाय ड्यामेज चाहिँ नगरौं । किन की त्यो व्यवसायसँग सिंगो जिल्लाको पहिचान र कामदारहरुको नाभी जोडिएको छ ।

  4. यो देशमा गुण्डाको राज फस्टाएर गएको छ । निरीह भए जनता । ठुलो नेता आँखा चिम्लिदिन्छ । अनि भ्रष्टाचार गर्न दिन्न भन्छ ।पत्याउँछ कस्ले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर