हर्बोमा जिबी राईसँग सहकार्य गरेर पछि ठगिएका पुष्पराज पुरुषले संसदीय समितिमा दिए बयान
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले तत्कालिन हाम्रो ग्रुप अफ कम्पनीका तत्कालिन संस्थापक पुष्पराज पौडेलसँग बयान लिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले हाम्रो ग्रुप अफ कम्पनी र गोर्खा ग्रुप अफ कम्पनीको सम्बन्धका बारेमा पौडेलसंग सोधपुछ गरेको हो । तत्कालिन अवस्थामा हाम्रो ग्रुप अफ कम्पनीले हर्बो इन्टरनेशनल नेटवर्किङका नाममा सर्वसाधारणको करौडौको ठगि गरेको थियो । ठगि प्रकरणपछि पौडेल हाम्रो ग्रुप अफ कम्पनीबाट बाहिरिएपछि सोहि कम्पनीलाई गितेन्द्रबाबु राई (जीबी) को नेतृत्वमा गोर्खा ग्रुप अफ कम्पनी बनाइएको थियो ।
पौडेल आफुलाई अहिले राजनीतिक तथा धार्मिक अभियन्ता रुपमा चिनाउँदै आएका छन् । बिहीबार नै समितिले सहकारी हिनामिना प्रकरणमा मुछिएका अन्य व्यक्तिहरुसँग पनि सोधपुछ गरेको समिति सभापति सूर्य थापाले जानकारी दिए ।
कार्यादेश अनुसार तीन महिनाको समयावधि सकिन लागेको समितिले प्रतिवेदन लेखनको कामलाई पनि निरन्तरता दिएको थापाले बताउनुभयो । सहकारी बचत रकम दुरुपयोगको छानविन गर्न गत जेठ १५ गते समिति गठन गरिएको थियो ।