सहकारी बचत दुरुपयोगबारे सोधपुछका लागि रवि लामेछानेलाई संसदीय विशेष समितिले बोलायो
नेपाल प्रेस
२०८१ भदौ ६ गते १५:२९
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले भोलि रास्वपा सभापति तथा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग बयान लिने भएको छ ।
सुर्यदर्शन, सानोपाइला लगायत सहकारीको बचत रकम लामिछाने र गोर्खा मिडियामा गएको सन्दर्भमा सोधपुछका लागि बोलाइएको हो ।
लामिछानेलाई गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले बताए । उनलाई समितिले भोलि दिउँसो २ बजे बयानका लागि बोलाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर