परराष्ट्रमन्त्रीको दिल्ली ब्रिफिङ- मोदीलाई ओलीको राजकीय भ्रमण निम्तो, जयशंकरसँग संवाद कायम गर्ने छलफल (भिडिओ)
काठमाडौँ । पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्केकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले भ्रमण सफल भएको बताइन् ।
अपरान्न साढे ४ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएर पत्रकार सम्मेलनमा बाेल्दै राणाले मोदीसँगको शिष्टाचार भेटको अवसरमा नेपाल र भातरबीचमा रहीआएको सम्बन्धमा विचार आदानप्रदान गरेको बताइन् ।
भेटमा केपी ओलीका तर्फबाट नेपालको राजकीय भ्रमणको निम्तो हस्तान्तरण समेत भएको उनले बताइन् ।
यस्तै, भारतीय समकक्षी एस.जयशंकरसँगको हैदरावाद हाउसमा दुई पक्षीय भेट व्यापार, पाहरवाहन, हवाई पन्चेश्वर, सीमा पुर्वाधार, पन्चेश्वर लगायका क्षेत्रमा छलफल भएको बताइन् ।
दुई पक्षमा भएको सम्पर्कलाई निरन्तरता दिनेमा सहमति भएको भन्दै आफूले जय शंकरले आयोजना गरेको दिवा भोजमा सहभागी भएको उनले बताइन् ।
भारत भ्रमणले दुई देशको आपसि सद्भाव विकासमा उल्लेख भूमिका भएको तर्क गर्दैन उनले आपसि समानता र लाभका आधारमा सहकार्यको योगदान भएको बताइन् ।