जब परराष्ट्रमन्त्री राणाले जयशंकरको ‘नियन्त्रणमा’ भारत गएको भनिन्… (भिडिओ)
काठमाडौँ । पाँच दिने भ्रमण सकेर परराष्ट्रमन्त्री डाक्टर आरजू राणा देउवा आज स्वदेश फर्किन् ।
स्वदेश आएर उनले पत्रकार सम्मेलन गरिन् । परराष्ट्र सचिव सेवा लम्सलाईलाई सँगै राखेर पत्रकार सम्मेलनमा बोल्दा उनले सुरुमा सम्बोधन गर्दा भारतीय समकक्षीको नियन्त्रणमा भारत गएको भनिन् ।
फेरि,उनले चिप्लिएको बुझेर सच्याइन् । पत्रकार सम्मेलन सुरु भएपछि उनले भनेकी थिइन्, ‘‘संचारकर्मी मित्रहरु । मित्रराष्ट्र गणतन्त्र भारतका विदेशमन्त्री महामहिम डाक्टर एस। जयशंकरको मैत्रिपुर्ण नियन्त्रणमा…नियन्त्रणमा… निमन्त्रणामा भारतको औपचारिक भ्रमण सम्पन्न गरि म आज स्वदेश फर्किएकी छु ।’
निमन्त्रणालाई नियन्त्रण भनेकी झुक्किएकि परराष्ट्रमन्त्री राणा अरु शब्दमा भने झुक्किइनन् । पत्रकार सम्मेलन छोटोमा सक्दै उनी पत्रकारसँगको प्रश्नोत्तर समेत छोट्याएर मन्त्रिपरिषदको बैठकतर्फ लागिन् ।